आज बिहान ८ बजे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफल सुरू हुनुपर्ने थियाे । गृहमन्त्री लामिछाने समय अगाडि नै बैठकमा पुगेका थिए ।
तर मंहगो मूल्यका खाजा बैठकका लागि ल्याइएकाे भन्ने थाहा पाएपछि गृहमन्त्रीले असन्तुष्टि जनाएका थिए । एनजीओले ल्याएकाे खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु भुजुरी आदि थिए ।
साे विषयमा अन्य सांसदहरू समेतले चासो राखेका थिए । छलफलका क्रममा एनजीओले खाजा स्पाेन्सर गरेकाे र कर्मचारीहरूसमेत सभा कक्षमा उपस्थित रहेको थाहा भएपछि सासंद तथा गृहमन्त्रीले विराेध जनाएका थिए ।
समितिमै एनजीओका कर्मचारीहरू खाजासहित उपस्थित हुनुले ठूलो अर्थ राख्ने भन्दै जनताको हित केन्द्रित रहेर कानुन बनाउन सम्भव नहुने सासंदहरूले बताएका थिए ।
यसगैगरी, गृहमन्त्रीले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको र आफू यस्तो छलफलमा नबस्ने भन्दै बैठकबाट निस्किएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !