काठमाडौँ । असारदेखि मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । बर्खा सुरु भएकाले सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्न लागिएको हो । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी आउने गरेको छ । तर पानी कति समयसम्म बन्द रहने यकिन नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !