काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ लाख कित्ता शेयरको लकइन असार १० गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर ६ महिनाको लइकन अवधिपछि कारोबारयोग्य हुन लागेको हो ।
पछिल्लो समय सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको समेत लइकन अवधि लागू गरिएको छ । धितोपत्र दोस्रो बजारमा विक्री चाप बढ्ने गुनासो आएसँगै सार्वजनिक निष्कासनमा आरक्षणको रुपमा रहेको सामूहिक लगानीकोषको ५ प्रतिशत स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म कारोबार गर्न नपाईने व्यवस्था रहेको छ ।
यस कम्पनीले सर्वसाधारणमा गत पुस ११ गते आईपीओ बाँडफाँट गरेको थियो । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन ६ महिना लागू हुने व्यवस्था गत कात्तिक २० गतेदेखि लागू भएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !