काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ३.९७ अंकले घटेर २०७०.०७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले घटेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य एक मात्र उपसमूहको परिसूचक बढेको छ भने अन्य १२ उपसमूहको परिसूचक घटेका छन् । सोमबार एक मात्र बढ्ने उपसमूहमा लघुवित्त रह्यो जसको परिसूचक २.४३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.०५ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलपमेन्ट लिमिटेड रह्यो जसको १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि नेपाल फाइनान्स नै रह्यो जसको २ लाख ५२ हजार ८ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !