काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । प्रभु बैंकको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ हजार ५२८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको हो ।
जेठ १६ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले असार १८ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौंमा पेश गर्नुपर्नेछ । प्रभ् बैंकको शेयरको मूल्य प्रतिकित्रा १०० रूपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता २५० रूपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतटम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र प्राप्त आवेदन असार २० गते विहान ११ बजे खोलिने कार्यक्रम तय भैसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !