नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस दिन ३१७ स्टकको ५८ हजार ४८३ पटकको कारोबारमा ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको ९३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्सेमा १३ उपसमूहमध्य दश वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य तिन उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा लगानी उपसमूह रह्यो जसको परिसूचक १,८० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा बैंक उपसमूह रह्यो जसको परिसूचक ०.७४ प्रतिशतले घटेको छ ।
नेप्से सामान्य अंकले मात्र बढेपनि आज दुई स्टकको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ९.७९ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्यक करिब साढे ८ प्रतिशत बढेको छ। सोमबार बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !