काठमाडौँ । पछिल्ला केही वर्ष यता मुलुकबाट विदेशिनेको चाप निकै बढेको छ । हालै अध्यागमन विभागले सार्वजनिक गरेको एक तथयांकले २०८० सालमा नेपालबाट ११ लाख ७१ हजार २ सय ६२ जना नेपाली विदेशिएको देखाएको छ ।
जसमा श्रमिकको रुपमा विभिन्न देशहरुमा ८ लाख ७ हजार ६ सय ९३ जना, अध्ययनका लागि १ लाख ११ हजार २ सय ८९ जना, उपचारका लागि २० हजार ५ सय ३ जना, पारिवारिक भेटघाटका लागि १ लाख ६३ हजार ३ सय ८४ जना, विदेशमानै स्थायी बसोबासका लागि ६८ हजार ३ सय ९३ जना नेपालीहरु विदेशिएका छन्।
त्यसैगरी २०८१ सालको वैशाखमा मात्रै ७० हजार ६ सय ३७ जना नेपालीहरु रोजगारीको सिलसिलामा विदेश पुगेका छन् भने यहि महिनामा उच्च दक्षता भएका ६४ जना नेपाली रोजगारीका लागि विदेश गएको उक्त विभागको तथ्यांकले देखाउँछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !