काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्वमध्ये ९ प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो । यसअघि संस्थापकतर्फ कायम रहेको ६० प्रतिशत स्वामित्व घटाएर ५१ प्रतिशत कायम भएको हो ।
सर्वसाधारणमा ९ प्रतिशत शेयर संस्थापकबाट परिणत भएसँगै सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिवर्तित शेयर संरचना अभिलेख गर्न अनुरोध गरेसँगै कम्पनीको कुल शेयर संख्या ९४ लाख ४३ हजार ५१० दशमलव ६५ कित्तामध्ये संस्थापकतर्फ ४८ लाख १६ हजार १९० दशमलव ४३ र सर्वसाधारणतर्फ ४६ लाख २७ हजार ३२० दशमव २२ कित्ता अभिलेख गरिएको जानकारी नेप्सेले दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !