काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासस्मको वित्तीय रिपोर्ट अनुसार जीवनले पनि निर्जीवन बीमा कम्पनीहरुले जस्तै नाफामा आकर्षक सुधार गरेका छन् । यिनीहरुको पनि लगानी तथा कर्जाबाट हुने आम्दानी र कमिसनबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।
यसअवधिसम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कम्पनीहरुको समग्र नाफा ४३.२१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्म यिनीहरुको नाफा ३ अर्ब ४३ लाख रुपैयाँ बराबर थियो ।
जीवन बीमा कम्पनीहरुको समग्रमा चुक्ता पूँजी ५६ अर्ब ४९ करोड ८९ लाख पुगेको छ । यता, रिटेन्ड अर्निङ १६ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, खुद बीमा शुल्क संकलन पनि १२.२५ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ६१ करोड पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट ४२ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यो गत वर्षको भन्दा २३ प्रतिशतले धेरै हो । प्रतिशेयर आम्दानी पनि औसतमा १२.४६ रुपैयाँ छ ।
चैतसम्म आइपुग्दा एशियन लाइफको प्रतिशेयर आम्दानी २९ रुपैयाँ २० पैसा पुगेको छ । यो बीमा कम्पनीहरुमध्येको सबैभन्दा धेरै हो । यसको उक्त आम्दानी २० रुपैयाँ ९७ पैसा बढेको छ । सन नेपालको २० रुपैयाँ ५७ पैसा प्रतिशेयर आम्दानी छ । सबैभन्दा कम हिमालयन लाइफको इपीएस ७ रुपैयाँ २४ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !