काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजारमा एकल अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य दश उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ३ उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा नन लाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक २.४० प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा सांग्रिल विकास बैंक लिमिटेड रह्यो जसको १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सांग्रिल विकास बैंक नै रह्यो जसको ३ लाख २८ हजार ४ सय १८ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !