वीरगंज । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्ड ५५ वर्षीय परशुराम फुयाँलको हत्या भएको पुष्टी गरे ।
उनका अनुसार सुरक्षा गार्ड फुयाँलको बिहीबार बिहान सुतिरहेकै ठाउँमा हत्या भएको बुझिएको छ । लुटपाट गर्ने उद्देश्यले आएकाहरुले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको र यसबारेमा थप अनुसन्धान भइरहेको नेउपानेले बताए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !