काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०१ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य चार उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ९ उपसमूहका परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ३.११ प्रतिशतले वृद्धि भएको छ । यसै गरी यस दिन सर्वाधिक घट्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक १.०२ प्रतिशतले घटेको छ ।
बुधबार सर्वाधिक रकमको कारोबार गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त रह्यो जसको १० करोड ६० लाख २८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि पोखरा फाइनान्स नै रह्यो जसको ४ लाख १० हजार ९ सय १५ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !