रूपन्देही । रूपन्देहीमा एक एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक जना निर्माण व्यवसायी पक्राउ परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलाको घरमै गएर जबरजस्ती करणीगरी भिडियो खिचेर आफूले भनेअनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिने बुटवल उपमहानगरपालिका-११ का सिद्धार्थ गुरुङलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख रञ्जीत सिंह राठौरले गुरुङलाई जबरजस्ती करणीको मुद्दा दर्ता भएर अनुसन्धान अघि बढेको बताए । ‘पीडित महिलाले दिएको उजुरीउपर अनुसन्धान चल्दैछ, अनुसन्धान सकेर मुद्दा अदालतमा जान्छ ।’ पीडित महिलाले पैसाको आडमा मुद्दालाई प्रभावित पार्न खोजेकोसमेत आरोप लगाएकी छिन्, उनले भने ।
पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् ।पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिसअनुसार उनी अस्पताल भर्ना भएको एसपी राठौरले बताए ।
निर्माण व्यवसायी गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !