काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड १५ करोड ११ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म १५ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी घटाएको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेकाले खुद नोक्सानी कम भएको हो । गत वष १९ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद सञ्चालन नाफा भएकोमा यस वषृ २० करोड ९८ लाख रूपैयाँभन्दा बढी यो नाफा भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रूपैयाँ छ । जगेडा कोष रकम भने ४९ करोड ४२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ ।
दिर्घकालिन कर्जा ४ अर्ब ४७ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने २५ करोड रूपैयाँ छ । वार्षिक प्रतिशेयर आम्दानी १३ रूपैयाँ ४४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ६७ रूपैयाा ५ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !