काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षका तेस्रो त्रैमाससम्म विद्युत विक्रीबाट २ करोड ९१ लाख ६३ हजार रूपैयाँ आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी २ करोड ९१ लाख ४१ हजार रूपैयाँ रहेको थियो ।
यस वर्ष विद्युत बिक्री आम्दानी न्यून बढेपनि कम्पनीको प्रत्येक्ष खर्च र वित्तीय खर्च कम हुँदा नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष १ करोड ९१ लाख रूपैयाँभन्दा बढी भएको प्रत्येक्ष खर्च यस वर्ष १ करोड १७ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । जसको कारण गत वर्ष १६ लाख ३३ हजार रूपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ८२ लाख ४४ हजार रूपैयाँ भएको छ । वित्तीय खर्च गत वर्ष १ करोड १२ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ७२ लाख ३४ हजार रूपैयाँ मात्र भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा ३५ करोड २६ लाख रूपैयाँभन्दा बढी र अल्पकालिन कर्जा ४ करोड ५१ लाख रूपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ७१ लाख रूपैयाँभन्दा बढी छ भने शेयर प्रिमियमा १ करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ । वार्षिक ३७ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०१ रूपैयाँ ३३ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !