काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार ५६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर, बाँकेमा आफूले खरीद गर्ने शेयर कित्ता र मूल्य समेत खुलाई आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !