काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय वार्ता सुरु भएको छ । वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र कतारका तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीले गरेका छन् ।
वार्तामा दुई देशबीच विभिन्न छ वटा विषयमा सम्झौता र समझदारी हुने कार्यक्रम रहेको छ ।
नेपाल र कतार बीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ यस्तै दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
दुई दिन नेपाल भ्रमणमा हिजो काठमाडौँ आउनुभएका अमिर आज स्वदेश फर्कँदै छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !