काठमाडौँ । राजतन्त्रवादीहरुको शक्ति प्रदर्शनलाई काउन्टर दिन भन्दै प्रदर्शनमा उत्रिन लागेको गणतन्त्रवादी समर्थक समाजवादी मोर्चाको सभा र प्रदर्शनका लागि मुल सडकमै स्टेज तयार पारिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जनसभा गर्न लागेको मोर्चाले भृकुटीमण्डप सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरेको छ ।
मोर्चाको सभा हुने स्थानमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ । मोर्चामा संलग्न ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।
दिउँसो १ बजेबाट शुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !