काठमाडौं । मंगलबार फेरी सेयर बजारमा गिरावट आएको छ । सोमबार बढेको सेयर बजार मंगलबार घटेको हो । नेप्से सूचक ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा आएको छ । आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक घटेका छन् ।
सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएपछि राजनीतिक माहोल तातेको छ । सत्तापक्षमै मतभिन्नता देखिएसँगै सरकार टिकाउँको प्रश्न उठरिहेको छ । सत्ता साझोदार नेपाली कांग्रेसका केही नेताहरु सरकारको उक्त कदम विरुद्ध देखिएका छन् । आम सर्वसाधारण पनि सडकमा आएका छन् । यसकारण सरकार स्थिरतामा शंका देखिएको हो । यसको असर पनि बजारमा परेको हुनसक्ने आंकलन गरिएको छ । पछिल्लो सयम सेयर बजार केही कारोबार दिन बढेपनि अधिकांश जसो घटिरहेको छ । आज ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स अगाडी छ । आज यसको २३ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !