काठमाडौं । लोकप्रिय तत्कालिन सामाजिक सञ्जाल ‘ट्विटर’ र हाल एक्स्का मालिक इलन मस्कले विज्ञापनदाताहरूले आफूलाई ब्ल्याकमेल गरेको भन्दै उनीहरु प्रति आक्रोशित भएका छन्। बुधवार न्यूयोर्कमा आयोजित २०२३ डिलबुक शिखर सम्मेलनमा बोल्दै, उनले प्लेटफर्म छाड्ने विज्ञापनदाताहरूलाई अश्लिल गाली गरेका हुन्।
पछिल्लो समय उनले आफ्नो प्लेटफर्ममा प्रवर्द्धन गरेका एन्टिसेमिटिक पोस्टहरूको बारेमा आपत्ति जनाउदै ठूला विज्ञापनदाताहरूले हात झिकेका छन्।मस्कले आफ्ना फ्यानहरूले ती विज्ञापनदाताहरूलाई बहिष्कार गर्ने संकेत पनि गरे। “ती विज्ञापनदाताहरूले कम्पनीलाई घात गरेको सारा संसारले थाहा पाउनेछ र हामी यसलाई विस्तृत रूपमा दस्तावेज गर्नेछौं,” मस्कले धम्की दिएका थिए।
ट्विटरमा मस्कको भडकाऊ पोस्टहरू, अन्य चीजहरू बीच, डिज्नी, एप्पल लगायतका ठूला विज्ञापनदाताहरूले विज्ञापन गर्न छाड्ने बताएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !