काठमाडौँ । इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँच तारे ुहोटल मर्क्योर काठमाडौँले इटालियन रेस्टुरेन्ट सोप्रा इटालियानोु सुरु गरेको छ । सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ ।
रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटलका महाप्रबन्धक विजय नन्मरन एसले बताए । नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको होटल मर्क्योर काठमाडौँु युरोपियन हस्पिटालिटी ब्राण्ड मर्क्योरले व्यवस्थापन गरेको हो ।
रोमन यात्री देवता मर्क्युरीबाट प्रेरित मर्क्योर, आवास सुविधा मात्र नभई स्थानीय संस्कृति र अनुभवसहितको आतिथ्य सेवा हो। सन् १९७३ मा फ्रान्समा स्थापना भएको यो ब्रान्डले विश्वव्यापी मापदण्डलाई स्थानीय स्वादसँग मिसाएर उत्कृष्ट आतिथ्य सेव प्रदान गर्दै आएको छ ।
विश्वका ११० भन्दा बढी देशहरूमा ५,७०० भन्दा बढी संरचना भएको अकोर हस्पिटालिटी समूहको सदस्यका रूपमा, म्यक्युरले आतिथ्य क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ ।अकोर हस्पिटालिटीको मर्क्योर ब्राण्डमा ६० भन्दा बढी देशहरूमा हजारभन्दा बढी होटल सञ्चालनमा छन् । पाहुनाहरूलाई ‘फिल लोकल एभ्रीव्हेर’ को अनुभव प्रदान गर्नु मर्क्योरको मुख्य बिषेशता हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !