काठमाडौं । भोलि शुक्रबार राजावादीहरूले काठमाडौंमा जनप्रदर्शन गर्दै छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कमान्डर बनाएको छ । संयुक्त जनआन्दोलन समितिले आज बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समिति संयोजक प्रसाईंलाई जनकमान्डर बनाइएको जनाएको छ ।
संयोजक सुवेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि बताए ।
राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ । उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !