काठमाडौं । एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।बैंकले संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !