काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सन्देशहरूमा ‘श्री ५ महाराजाधिराज’ लेखेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । श्री ५ लेख्ने र शाही निशाना प्रयोग गर्ने काममा रोक लगाउन उनले सरकारको ध्यानाकर्षण गराए ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद खतिवडाले संविधानमा नरहेको श्री ५ लेखेकोमा आपत्ति जनाउँदै रोक लगाउन माग गरेका हुन् ।
‘फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन् । शाही निशाना प्रयोग गरिएको छ । २०६५ जेठ १६ गते नारायणहिटीबाट शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको हो,’ प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले भने, ‘संविधानमा श्री ५ महाराजाधिराज भन्ने छैन । पूर्वराजालाई संविधान नमिच्न सरकारले आग्रह गरोस् ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !