काठमाडौँ। बुधबार पनि नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४. ८८ विन्दुले घटेर २६८२.१५ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५५ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकि नौ उपसमूहका परिसूचक घटेका छन् । आज सर्वाधिक बढ्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ० . ६० प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.५३ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ३४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५४ हजार छ सय २२ पटकको कारोबारमा पाँच अर्ब १४ करोड बराबरको किनबेच भएको छ । जसमा ५४ कम्पनीका शेयर बढेका छन् भने १८२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी सात कम्पनीका शेयर स्थिर रहेका छन् ।
बुधबार सर्वाधिक बढ्ने स्टकमा मिथिला लघुवित्त रह्यो जसको शेयर ९.३९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा सामुदायिक लघुवित्त रह्यो जसको शेयर ९.२० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको २९ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको चार लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !