काठमाडौं । विद्युतीय दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर बैंकबाट सजिलै किस्ताबन्दीमा किन्न सकिने भएको छ । कुजु नेपाल प्रालिले याडियाका स्कुटर बैंकहरुबाट सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने गरी बजारमा ल्याएको हो ।
याडियाको जी सिक्स र याडिया एपोक स्कुटर यतिखेर थापाथलीमा रहेको राष्ट्रिय वाणिज्य बैंक अगाडि पुग्दा देख्न सकिन्छ, कम्पनीले स्कुटर प्रदर्शनका लागि राखेको छ । २ वर्ष वारेन्टी रहेको यी दुइवटा स्कुटरको लुक्स् निकै आकर्षक रहेको छ । एक पटकको चार्जमा १५० किलोमिटर गुड्ने क्षमता रहेको यी स्कुटरहरुमा सर्वसाधारणको चासो र आकर्षण बढेको कम्पनीकी बजार व्यवस्थापक मेघा प्रधानांग बताउँछिन् ।
बजारमा गुडिरहेका पेट्रोल इन्जिनका स्कुटरभन्दा पनि सस्तो मूल्य पर्ने याडियाका स्कुटरहरु प्रयोगकर्तालाई खर्चका हिसावले मासिक ३ गुणा कम पर्न जाने कम्पनीको दाबी छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट यी स्कुटरहरु खरिद गर्न चाहनेले ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य व्याजदरमा एक वर्षका लागि लिन सक्ने छन् । साथै याडियाले पेट्रोल इन्जिनले चल्ने स्कुटरहरुसँग यी स्कुटरहरु साट्न सक्ने व्यवस्था पनि मिलाएको छ । साटफेर या खरिद गर्न चाहनेले कम्पनीको आधिकारिक कार्यालय टंगाल भाटभटेनीमा सम्पर्क राख्न सक्ने छन् ।
याडिया जी सिक्स
२ वर्ष ब्याट्री र मोटरमा वारेन्टी रहेको याडिया जी सिक्सको २ लाख ६० हजार मूल्य तोकिएको छ । फ्रन्ट र ब्याक दुवै डिस्क ब्रेक रहेको यो स्कुटर हेर्दा पनि आकर्षक र दमदार रहेको छ । १५० किमि रेन्ज रहेको स्कुटरको १२ इन्च एलुमुनियम ह्विल रहेको छ । यसको टप स्पिड ६० किमि प्रती घण्टा रहेको छ । ३हजार वाट म्याक्सिमम क्षमता रहेको यसको चार्जको समय ६ देखि ७ घण्टा लाग्ने रहेको छ । स्टोरेज बक्स् क्षमता ३० एल बुटस्पेस रहेको छ ।
याडिया एपोक
२ लाख ३५ हजार मूल्य रहेको याडिया एपोकको सिंगल चार्जमा १५० किलोमिटर कुद्ने क्षमता रहेको छ । ब्याट्री र मोटरमा २ वर्ष वारेन्टी रहेको एपोकको टप स्पिड ६० किलोमिटर रहेको छ । ३ हजार वाटसम्म अत्याधिक पावर रहेको यो स्कुटरको रेन्ज १५० किलोमिटर रहेको छ । फ्रन्ट र ब्याक दुबै तिर डिस्क ब्रेक रहेको स्कुटर हेर्दा पनि लोभलाग्दो र आकर्षक देखिन्छ । युवा पुस्ता माझ यो स्कुटरले आकर्षण तानेको पाइन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !