काठमाडौँ । २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा ट्रकमा बोकेर हिँडेको अवस्थामा सोमबार राति पक्राउ परेका ‘फुच्चे’ उपनामले चिनिने कुसाङ लामो ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएको खुलेको छ ।
४३ वर्षीय २०७३ सालमा पनि लामा ७ केजी सुनसहित पक्राउ परेका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । ५ वर्ष जेल बसेर छुटेपछि तस्करीमा अनुभव बनाएका लामा पुनः तस्करीमै फर्किएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीलाई विशेष सुराकीले दिएको जानकारी अनुसार लामा चैत ४ मा मध्यराति १० बजेतिर टोखा स्थित झोर महांकालबाट ना।७ ख १६५२ नम्बरको ट्रक सहित पक्राउ परेका हुन् । उनी रसुवाको केरुङ तर्फ जाँदै थिए ।यती ठूलो परिमाणको विदेशी मुद्रा कसको र कुन प्रयोजनले ट्रकमा राखियो भन्ने पक्राउ परेका लामाले खुलाएका छैनन् ।
प्रहरीले बरामद गरेको ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको ट्रकको धनी भने कुसाङ लामा नै हुन् । प्रहरीका अनुसार स्ुन तस्करीको जालोमा संलग्न ठूला लगानीकर्ताको मिलेमतोमा लामा ठूलो परिमाणमा विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै चीनतर्फ हिँडेको हुनसक्ने बताउँछन् ।
प्रहरीको अनुसन्धानमा रहेका ‘फुच्चे’ लाई थप जाँचबुझ र कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइने प्रहरीको तयारी छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !