काठमाडौ । वाणिज्य बैंकहरुले विभिन्न शुल्कबाट २० अर्ब ५६ करोड ५० लाख रुपैयाँ कमाएका छन् । चालु आर्थिक वर्षको सात महिनासम्ममा बैंकहरुले उक्त रकम कमाएका हुन् । बिल खरिद र छुटबाट २५ करोड २० लाख उठाएका छन् भने कमिशन १६ अर्ब ४२ करोड ५० लाख रुपैयाँ उठाएका छन् । यस्तै अन्य शिर्षकमा ३ अर्ब ८८ करोड ८० लाख रुपैयाँ उठाएका छन् ।
कमिशन शुल्क एक अर्ब रुपैयाँ भन्दा माथि उठाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइएमइ बैंक रहेको छ । ग्लोबल आइएमइले त २ अर्ब रुपैयाँ भन्दा बढी कमिशन शुल्क उठाएको छ । एनएमबी र प्रभु बैंकले पनि कमिशन शुल्कबाट १ अर्ब रुपैयाँ भन्दा बढी उठाएका छन् । बैंकहरुले कर्जा दिदा लिने सेवा शुल्क लगायतका शुल्कबाट अर्बौ रुपैयाँ उठाउने गरेका छन् ।
यस्तै बाणिज्य बैंकहरुले सात महिनामा ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ कुल नाफा गरेका छन् । नेपाल बैंकले यो अवधिमा २ अर्ब ४५ करोड ८० लाख रुपैयाँ नाफा गरेको छ । नबिलले ४ अर्ब १ करोड १० लाख रुपैयाँ नाफा गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ नाफा गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८० लाख रुपैयाँ नाफा गर्दा स्ट्याण्डर्ड चार्टड बैंकले १ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा गरेको छ । यता हिमालयन बैंकको १ अर्ब ४७ करोड, नेपाल एसबिआइ बैंकको १ अर्ब ९ करोड, एभरेष्ट बैंकको २ अर्ब ५७ करोड, एनआइशी एशिया ४६ करोड ४० लाख रुपैयाँ, माछापुछ्र्रे बैंकको ९६ करोड ८० लाख, कुमारी बैंकको ७३ करोड ८० लाख रुपैयाँ, लक्ष्मी सनराइजको १ अर्ब ५८ करोड, सिद्धार्थ बैंकको ८६ करोड ५० लाख, कृषि विकास बैंकको ७९ करोड ९० लाख रुपैयाँ कुल नाफा रहेको छ ।
यस्तै ग्लोबल आइएमइको ३ अर्ब ८९ करोड, सिटिजन्स बैंकको ९० करोड, प्राइम कमर्सियल बैंकको २ अर्ब १८ करोड, एनएमबी बैंकको २ अर्ब ३४ करोड, प्रभु बैंकको १ अर्ब ८३ करो रुपैयाँ र सानिमा बैंकको १ अर्ब ३७ करोड रुपैयाँ कुल नाफा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !