काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोक्ताको मानवअधिकार, शिघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन् ।
जनशक्ति अभावका कारण प्रयाप्त बजार अनुमगम लगायत अन्य थ्रुपै कामहरु पनि गर्न नसकिएको उनको भनाइ छ । उपभोक्ता अदालत गठन पछि यस्ता कामहरुलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर भोलिदेखि उपभोक्ता अदालत उद्घाटन हुँदैछ ।
कुनै पनि सामान खरिद गर्दा उपभोक्ताले विल नमाग्ने कारणले पनि समस्या भएको उनले बताए । अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने विषयहरु कम हुदै जाने मन्त्री भण्डारीको विश्वास थियो । अदालतबाट हुने फैसलाले व्यवसायीहरुमा पनि सुधार हुने उनको भनाइ थियो । बजारलाई सन्तुलित बनाउनका लागि सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !