काठमाडौ । काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । बच्चा देखि बृद्धसम्म होलीको रंगमा झुमेको देखिन्छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको उत्साहजनक सहभागिता छ ।
होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी ९प्रल्हादकी फुपु ० होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !