काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय सिंहदरबारमा फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए ।
आयोगको सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई छन् । आयोगले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ ।
सरकारले यस अगाडि पनि मिटरब्याज समस्या समाधान लागि भन्दै एकपटक कार्यदल र एकपटक आयोग बनाइसकेको छ । सरकारले २०८० चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यो भन्दा पनि अगाडि २०७९ साउनमा गृहमन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !