काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाइ कोषाध्यक्षमा मनोनित गरेका हुन् । उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषदको सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।
एक दशक बढि समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादन मुलक तथा प्रविधिजन्य आधोगिक प्रतिष्ठानमा आवद्ध छन् । यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !