काठमाडौँ । नेपाल राष्ट्र बैंकले सात महिनाको तथ्यांकमा आधारित अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति १७ अर्ब ५ करोड अमेरिकी डलर पुगेको छ । त्यस्तै यो अवधिमा सरकारको खर्च ७५४ अर्ब ८५ करोड र राजस्व परिचालन ६४२ अर्ब ८५ करोड रहेको छ ।
त्यस्तै यो अवधिसम्म रेमिट्यान्स ७.३ प्रतिशतले र अमेरिकी डलरमा ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । त्यसैगरी आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !