काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले फोहोर गरेको र भौतिक क्षति पुर्याए बापत काठमाडौँ महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना तिरेको छ । राप्रपाले आइतबार काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा र्याली निकालेको थियो । त्यसै क्रममा पार्टीले उतारेकाका समर्थकहरुले एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका ठाउँको सडक, सडकपेटीमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको महानगरले जनाएको थियो ।
हिजो आइतबार नै महानगरपालिकाले पार्टीलाई एक पत्र लेख्दै जरिवाना गरेको बताएको थियो । उक्त जरिवाना रकम राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही आफैँ पुगेर महानगरलाई बुझाएका हुन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !