काठमाडौं । युगाण्डामा हुने चारदेशीय महिला टी–२० आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।
बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी–२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो ।
शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए ।
उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं । खेलाडिहरुले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरु लिन सकिन्छ । महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ । पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ । हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु ।’
त्यस्तै, टिमकी कप्तान इन्दु बर्माले फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेको र टिमको तयारी एकदमै राम्रो भएको भन्दै यसपटक राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।
नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !