काठमाडौं । कागजपत्र बिहीन भएर अमेरिकामा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ ।
८ जना नेपालीलाई अमेरिकाले बुधबार बिहानै काठमाडौं ल्याएर छोडिदिएको हो । अमेरिकाले काठमाडौं ल्याएर छाडेकाहरुमा एक महिला र सात पुरुष छन् ।
ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।
यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !