काठमाडौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) कारोबार बन्द गरेको छ । त्यसैले उसले आज तरकारीको मूल्य निर्धारण गरेको छैन । १२ वर्ष अघि कालिमाटी तरकारी बजारमा भएको भिषण आगलागी घटनाको शोकमा आज कृषि उपजको कारोबार नगरिएको समितिले सुचना निकालेर भनेको छ ।
बजार समितिले सूचनाप्रकाशित गरी आज कुनै पनि प्रकारको कारोबार नभएकाले मूल्य सूची सार्वजनिक नगरेको जनाएको छ । सन् २०१३ मार्च ४ तारिखमा उक्त बजारमा भिषण आगलागी भएको थियो । उक्त आगलागीमा परी कालिमाटी तरकारी बजार पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने ६ जनाको जलेर मृत्यु भएको थियो ।
सुचनामा भनिएको छ, आज मिति २०८१ फागुन २० गते कालीमाटी बजारमा कृषि वस्तुहरुको कारोवार नभएको कारणले गर्दा आजको दैनिक मूूल्य सूूचना अद्यावधिक गर्न नसकिएको व्यहोरा अनुरोध गर्दछौँ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !