काठमाडौं । नेपालका एक मात्र खर्बपति व्यवसायी एवं प्रतिनिधी सभाका सदस्य विनोद चौधरी विरुद्ध कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ । आफूलाई भ्रष्टाचार विरुद्धको अभियानमा लागेको बताउने अभियन्ता राजकुमार तिमल्सिनाले चौधरी विरुद्ध एकै पटक चार वटा निकायमा मुद्दा दर्ता गराएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
विनोद चौधरीले व्यापार गरेर अकुत कमाएपनि कर छली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण निवारण आयोग, राजश्व अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा एकै साथ उजुरी दिएको बताएका हुन् । उनले चौधरी समूह र यसअन्तर्गको कम्पनीले विदेशी मुलुकमा अवैध रुपमा लगानी गरेको भन्दै त्यसमाथि सत्यतथ्य सहित छानविन र कारवाहीको माग समेत राज्यसमक्ष गरेको बताएका छन् ।
तिमल्सिना तिनै व्यक्ति हुन् जसले केही महिनाअघि सर्वोच्चका न्यायाधीश र केही ठूला मिडिया सञ्चालकले भ्रटाचारका लागि भेटघाट गरी बोलेको गोप्य अडियो भन्दै सार्वजनिक गरेका थिए । जसलाई नक्कली अडियो सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !