काठमाडौ । सेयर बजारमा आइतबार उत्साह देखिएको छ । २८२९.६१ बिन्दुमा खुलेको बजार २८९०.२८ विन्दुमा आएर रोकिएको छ । गत १८ गते १३ अर्ब ५७ करोडको कारोबार भएको थियो । त्यसयता आज (फागुन १८) सबैभन्दा बढी कारोबार भएको हो । आज १४ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
यसदिन करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य सर्वाधिक बढेको छ । समग्रमा बजार ७५.२४ अंकले बढेको हो ।
म्युचुअल फन्डबाहेक सबै समूहका सूचक बढेका छन् भने उत्पादनमूलक समूहमा सबैभन्दा बढी बढोत्तरी छ । लामो करेक्सन र साइडवेज पछि छिचोल्दै नेप्से गत बिहीबार २८१५ अंकमा आउन सफल भएको थियो । सोही वृद्धिक्रमले आइतबार पनि निरन्तरता पाएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !