काठमाडौ । राष्ट्रिय योजना आयोगले समपुर र बिशेष अनुदानबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रम प्रस्तावको समय थप गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को संघिय समपुरक र विशेष अनुदान अन्र्तगत सञ्चालन हुने कार्यक्रम प्रस्तावका लागि फागनु मसान्तसम्म समय थप गरेको आयोगले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको सिफारिसमा सरकारले समपुरक र विशेष अनुदान प्रदान गर्दै आएको छ । समपूरक अनुदानतर्फ प्रदेश तथा पालिकाहरुले न्युनतम ५० प्रतिशत र संघीय सरकारले अधिकतम ५० प्रतिशत लागत बेहोर्ने गरी कार्यक्रममा अनुदान दिइदै आएको थियो । तर यसपटकदेखि समपूरक अनुदान र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
समानता र वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन समपूरक अनुदान र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानता प्रणाली लागू गरिएको जनाइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !