काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा मंगलबार काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर तिर्नका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना बदल्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले आगामी आर्थिक वर्षमा दुई डिजिटमा लाभांश वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !