काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०८१/०८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतको अनुसार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नको लागि व्यवस्थापन समितिको बैठक सोमबार बसेको थियो ।
तर,उक्त बैठकले अन्तिम रुप नदिदा आज पनि बोर्ड बैठक डाकिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बतायो । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्नुपर्ने राष्ट्र बैंकको प्रवाधान भएकाले सम्भवत आजै सार्वजनिक हुने सम्भावना बढी रहेको छ । भोली ९फागनु १४ ० महाशिवरात्रीको सार्वजनिक विदा परेकाले आज नभए १५ गते पनि समिक्षा गर्न मिल्ने ती स्रोत बताउँछन् ।
गभर्नर महाप्रसाद अधिकारीको यो अन्तिम मौद्रिक नीतिको अन्तिम समिक्षा भएकाले केही नीतिगत फेरबदल हुन सक्ने अनुमान पनि गरिएको छ । अधिकारीको कार्यकाल यहि चैत २५ गते सकिंदैछ । उनले आफ्नो कार्यकलमा ५ वटा मौद्रिक नीति ल्याएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !