काठमाडौ । रिक्त रहेको नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन खुलेको छ । अर्थमन्त्रालयले आज एक सुचना प्रकाशित गर्दै आगामी एक साता (फागुन १८ गते) भित्र इच्छुक नेपाली नागरिककले आवेदन दिन सक्ने जनाएको छ ।
नेप्सेको सिइओ बन्नको लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्था कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।
आवेदनसाथ नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) प्रमुख कार्यकारी अधिकृतको छनौट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिमको कागजात विवरणहरू स्वयमले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नु पर्नेछ । आवेदन शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ । ३० वर्ष पुरा भइ ६५ वर्ष ननाघेको व्यक्ति सिइओका आवेदनको लागि योग्य हुनेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !