काठमाडौ । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र फागुन १८ गतेदेखि जारी गर्न लागेको हो । १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !