काठमाडौ । नेपाल र श्रीलंकाका केन्द्रीय बैंकबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका सवालमा सूचना आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा दुबै बैंकका गर्भनरले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर डा.नन्दलाल विरसिङ्घेबीच सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता अनुसार दुई राष्ट्रबीच वित्तीय नियमन तथा सुपरीवेक्षणका लागि आवश्यक सूचना आदानप्रदान हुनेछ । यसअघि भारतसँग पनि सम्झौता भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !