काठमाडौँ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक ३.१४ विन्दुले बढेर २७४३.७४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.११ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा ब्यापार उपसमूह रह्यो जसको परिसूचक ३.१४ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.८१ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दश अर्ब ४३ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ८६ हजार २ सय २३ पटकको कारोबारमा आठ अर्ब ६२ करोड बराबरको किनबेच भएको छ । जसमा ८१ कम्पनीका शेयर बढेका छन् भने १५८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।
बिहिबार सर्वाधिक बढ्नेमा स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा बाराही हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरआइसी रह्यो जसको ३९ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि एनआरआइसी नै रह्यो जसको छ लाख ३० हजार ८ सय ९७ कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !