काठमाडौँ। अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
फागुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । आगामी वार्षिक साधारण सभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !