काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरको अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि बृद्धसम्म सबैका लागि सहज हुने आकर्षक गन्तव्य स्काईवाक टावर रहेको प्रतिक्रिया दिएका छन् ।
पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यसहित सार्वजनिक बिदाको अवसर पारेर प्रधानमन्त्रीको भ्रमणले पर्यटन ब्यवसाय क्षेत्रमा हौसला मिलेको स्काईवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । त्यस अवसरमा प्रधानमन्त्रीले टावरको बाइसौं तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा खाएका थिए।
कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाईमा सिसामा स्काइवाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भएको छ ।
स्काईवाक टावरको अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पामा नेपालको राष्ट्रिय झन्डा मार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।
टावरको २५औं तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !