काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मानसहित स्वागत गरेको छ ।
कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका न्यौपानेलाई कम्पनीका उच्च पदस्थ कर्मचारी, प्रदेश प्रमुख, अभिकर्ता तथा सम्पूर्ण उपस्थितहरुले छाता ओडाई तथा फुल बर्साई भव्य रुपमा सम्मान गरेका थिए ।
कम्पनीको बुटवल शाखा कार्यालयबाट व्यवसाय गर्दै आएका बिमल न्यौपाने पहिलो पटक अमेरिकाको मायमीमा आगामी जुनमा हुन गइरहेको बार्षिक बैठकमा भाग लिन योग्य टिओटीको लक्ष्य चुम्न सफल भएका बीमा अभिकर्ता हुन् । उनले सन् २०२५ को व्यवसायबाट एमडिआरटीले तोकेको लक्ष्य पुरा गरी टिओटी लक्ष्य पुरा गर्न सफल भएका थिए ।
टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका न्यौपानेले कम्पनी र सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आफुलाई एकदमै राम्रो अनुभुति भएको बताए । उनले भने, ‘एकदमै राम्रो लागेको छ। नेशनल लाइफ इन्स्योरेन्स बोनशदर र सम्पूर्र्ण वित्तीय सूचांकमा पनि बलियो बन्दै गएको छ।’
आफ्नै एजेन्सी कार्यालयमार्फत आम जनताको माँझमा बीमा सेवा प्रवाह गर्न अहोरात्र खटिँदै आएका बिमल न्यौपाने टिओटी २०२५ को लक्ष्य पुरा गर्दा गौरवको अनुभूति गरिरहेका छन् ।
‘हाम्रो कम्पनीले एमडीआरटीमा सहभागिता जनाएको ६ वर्ष जति समय भएको छ । यस अवधिमा आफुले बीमा अभिकर्ताहरुको सर्वोत्कृष्ट प्ल्याटफर्म एमडीआरटीको टीओटी लक्ष्य प्राप्त गर्न पाउँदा गौरवान्वित महशुस भएको छ।’ उनले भने ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद पराजुली तथा व्यवस्थापन तहका कर्मचारीहरुले उनलाई पनि भव्य सम्मान गरेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !