काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको शौचालयमा १ सय २५ ग्रामका २ वटा सिक्री फेला परेका छन् ।
अध्यागमनको महिला शौचालयमा छाडेर गएको अवस्थामा २ वटा सिक्री १ सय २५ ग्रामका फेला परेको गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयका अधिकृत पवित्रा ज्ञवालीले बताइन् ।
जजिरा विमानस्थल आए पछिको समय दिउँसो १स्३० बजेको समयमा फ्लाइ दुबईको जहाज आउनु भन्दा अघिको समयमा भेटिएको ज्ञवालीले बताइन्।
सुन कसले कुन प्रयोजनका लागि ल्याएर छाड्यो सो बारे थप अनुसन्धान भएको बताउँदै ज्ञवालीले राष्ट्र बैङ्कमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने बताइन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !